Main News

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष पूरा गरिने

२०७९ जेठ १५ गते १७:३३
भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष पूरा गरिने

१५ जेठ २०७९ काठमाडौं । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा सम्पदा पुनःनिर्माण सकिने लक्ष्य राखिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये करिब ६०० सम्पदा पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ ।

पुनःनिर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि गत वर्ष नै सम्पन्न भए पनि सम्पदा पुनःनिर्माण भने अझै जारी छ । सम्पदा पुनःनिर्माण अन्य भवन निर्माणजस्तो छिटो गर्न नसकिने भएकाले समय लागेको पुरातत्वविद्को भनाइ छ ।

ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदास्थललाई उत्खननका कामलाई प्राथमिकताका साथ निरन्तर जारी राखिने बजेट वक्तव्यमा उल्लेख छ । संस्कृति र सभ्यतालाई प्रवद्र्धन गरी धार्मिक पर्यटकको आगमन बढाउने लक्ष्य पनि सरकारले राखेको छ । धार्मिक पर्यटनसमेत प्रवद्र्धन गरी आगामी आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.