Main News
आज बजेट सार्वजनिक गरिँदै
२०७९ जेठ १५ गते ७:३४

१५ जेठ २०७९ काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दैछ ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को राजश्व र व्ययको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो ।
करिब साढे १७ खर्बको बजेट ल्याउने सरकारको तयारी छ । पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, उत्पादन वृद्धि र समष्टिगत आर्थिक स्थायित्व बजेटको प्राथमिकतामा रहेको बताइएको छ।
४ बजेबाट बजेट भाषण शुरु हुनेछ । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हिजो प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।
प्रतिक्रिया