समाज

खुल्ला चौरमा अध्ययन, बनेन विद्यालयको छानो (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १४ गते १८:२५
खुल्ला चौरमा अध्ययन, बनेन विद्यालयको छानो  (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७९ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १६ लेहँडामा रहेको सरस्वती प्राथमिक विद्यालयमा खुल्ला चौरमा अध्ययन अध्यापन हुने गरेको छ । हावाहुरीले विद्यालयको छाना उडाएपछि खुल्ला चौरमा अध्ययन अध्यापन हुने गरेको हो ।

सरस्वती प्राथमिक विद्यालय । सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १६ लेहँडामा रहेको यो विद्यालयको छाना जेठ ६ गतेको हावाहुरीले उडायो । त्यसपछि विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य छन् । चिसो भूँईमा बसेर पढ्दै आएका विद्यार्थीको पढाई वर्षा शुरु भएसँगै रोकिएको छ ।

समयमा नै मर्मत नगर्दा विद्यालय प्रयोग गर्न नसकिने अवस्थामा पुग्ने देखिन्छ । शिक्षक तथा अभिभावकले विद्यालय मर्मतका लागि पहल गर्दा पनि काम अघि बढ्न सकेको छैन ।

नगरपालिकाले भने क्षतिको विवरण नआइसकेको कारण काम अघि नबढेको बताएको छ । क्षतिको विवरण संकलन र अन्य कागजात तयार गर्ने काम भइरहेकोले मर्मत सुरु नभएको नगपालिकाको जवाफ छ ।

विद्यालय मर्मतको काममा तत्परता नदेखाउँदा विद्यार्थीको अध्ययन नै प्रभावित भएको छ । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा ४४ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *