राजनीति
एमाले अध्यक्ष ओलीमा अझै पनि दम्भ र अहंकार कायमै रहेको अध्यक्ष प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)
२०७९ जेठ १४ गते १४:१७
१४ जेठ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा अहंकार र दम्भ अझै उस्तै रहेको बताउनुभएको छ ।
सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीमा अहंकार उस्तै रहेको टिप्पणी गर्नुभएको हो ।
प्रचण्डले आफूलाई अझै पनि एमालेका अन्य नेताहरुप्रति भरोसा रहेको र अहंकार र निषेधात्मक प्रवृत्ति अन्त्य भए सहकार्य गर्न कठिन नहुने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन टुटेमा अझै पनि देश दुर्घटनामा पर्ने खतरा रहेको दाबी गर्नुभयो ।
भरतपुरमा आफूले जनतालाई सतर्क गराएको कुरालाई धम्कीको रुपमा प्रचार गरिएकोमा आपत्ति जनाउँदै अझै पनि सतर्क रहनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया