Main News

आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

हिमालय टिभी
२०७९ जेठ १४ गते ९:०७
आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

१४ जेठ २०७९ काठमाडौं । आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका हुन् ।

यही प्रणालीको प्रभावले अहिले पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस र बागमती प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणाली अझै केही दिन सक्रिय रहने भएकाले बिहान मौसम खुलेपनि दिउँसोपछि हावाहुरी र चट्याङसहित पानी पर्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *