Main News
डिपो अगाडि राखिएको ट्याङ्करमा आगलागी
२०७९ जेठ १३ गते १३:१५

१३ जेठ २०७९ बुटवल । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी भएको छ ।
डिपोमा ट्रयाङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो ।
सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले लागो नियन्त्रणका प्रयास गरिरहेको र अन्य दमकल पनि आउने तयारीमा छ ।
प्रतिक्रिया