कर्णाली राजमार्गमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु, ३८ बढी घाइते
१२ जेठ २०७९ दैलेख । मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका–२ को सिस्नेमा दुर्घटना भएको छ ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।
१० जनाको अवस्था समान्य रहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर छ । मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन् । बसमा करिव ५० जना बढी यात्रा गरेको अनुमान प्रहरीको छ ।
घटना लगत्तै दैलेखको आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायको टोली घटनास्थलमा पुगेको थियो ।
दुर्घटना भएको बस सडक भन्दा ५० मिटर तल कर्णाली नदीको तिरमा खसेको छ । यात्रुहरु धेरै भएकाले उद्धारमा केही समस्या आएको भएपनि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोली पुगेपछि उद्धारमा सहज भएको खड्गराज उपाध्यायले जानकारी दिनु भयो ।
प्रतिक्रिया