Main News
देशका पहाडी भू–भागमा आज मध्यम वर्षा हुने
२०७९ जेठ ११ गते ९:१३

११ जेठ २०७९ काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ ।
भोलि र पर्सि पनि मध्यम वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया