Main News

कहालीलाग्दो रुकुम घटनाको स्मरण (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १० गते २१:०७
कहालीलाग्दो रुकुम घटनाको स्मरण (भिडियो रिपोर्टसहित)

१० जेठ २०७९ काठमाडौं । अन्तरजातीय प्रेमका कारण निम्तिएको रुकुम हत्याकाण्डको आज दुई वर्ष पूरा भएको छ । हत्याकाण्डको दुई वर्ष पूरा हुँदासमेत पीडितले न्याय भने पाउन सकेका छैनन् ।

माइतीघर मण्डलामा कवि सकुन्तला हिमवाङले कवितामार्फत् २०७७ जेठ १० गते भएको अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमको चौरजहारी सोती गाउँको घटनालाई यसरी सम्झनुभयो ।

कवि विनोदविक्रम केसीले पनि अन्तरजातीय प्रेमका कारण भेरी ननीमा आफ्नो ज्यान गुमाएका नवराज विक लगायतलाई कवितामार्फत् नै सम्झनुभयो ।

जसरी कविहरुले त्यो कालो दिनलाई सम्झिए । दुई वर्षदेखि न्याय मागिरहेका पीडित परिवारले पनि सरकारसँग न्यायको आशा गर्दै आफ्नो पीडा सुनाइरहेका छन् ।

अन्तरजातिय प्रेमका कारण रुकुम पश्चिमको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो। सरकारसँग न्यायका लागि चिच्चाउँदा चिच्याउँदा बरु न्याय माग्नेको स्वर सुकेको छ । तर सरकारले अहिलेसम्म सुनुवाई गरेको छैन ।

दोषीमाथि कडा कारबाही गर्न लागि विभिन्न संघसंस्था र नागरिक अगुवाहरूले निरन्तर दबाब दिइरहेका छन्। २०७७ मै सांसदहरूको टोलीले स्थलगत अध्ययन गरेर सो घटना संगठित र योजनाबद्ध रुपमा भएको निष्कर्षसमेत निकालिसकेको छ । अब भने छिट्टै पीडित परिवारले न्याय पाउनुपर्ने मानव अधिकारकर्मीको माग छ ।

हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३४ जनामाथि जिल्ला अदालतमा मुद्दा चलाइएको छ। तीमध्ये २३ जना थुनामा छन्। जिल्ला अदालतले गरेको पुर्पक्ष थुना सम्बन्धी निर्णयलाई उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतले समेत जाँचेर शुरुमा पक्राउ परेकामध्ये ११ जनालाई तारिखमा छाडिएको छ । घटनाका दोषीले सजाय नपाउँदा रुकुम घटनामा आफ्ना सन्तान गुमाएका परिवारलाई झनै पीडा थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *