स्थानीय तह निर्वाचन : रुपन्देहीमा कांग्रेस पहिलो, एमाले दोस्रो

२०७९ जेठ १० गते १७:४४
स्थानीय तह निर्वाचन : रुपन्देहीमा कांग्रेस पहिलो, एमाले दोस्रो

१० जेठ २०७९ लुम्बिनी । स्थानीय तह निर्वाचन–२०७९ को मतगणना अनुसार रुपन्देही जिल्लाका अधिकांश पालिकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भएका छन् ।

मतगणना सम्पन्न भएका पालिकाको परिणाम सार्वजनिक भएपछि शपथग्रहण पद बहालीसमेत भएका छन् । रुपन्देहीका १६ स्थानीय पालिकामध्ये १३ पालिकाको मतगणना परिणाम सार्वजनिक भइसकेका छन् ।

घोषणा भएका एक उपमहानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले जित हात पारेको छ । यसमध्ये कांग्रेसले १ उपमहानगरपालिका, २ नगरपालिका र पाँचवटा गाउँपालिकामा जित हासिल गरेको छ । यस्तै नेकपा (एमाले)ले १ नगरपालिका र २ गाउँपालिकामा जित हासिल गरेको हो ।

जिल्लाको एक मात्र बुटवल उपमहानगरको प्रमुखमा कांगे्रस विजयी भएको छ । उपमहानगर प्रमुखमा खेलराज पाण्डे विजयी हुनुभएको छ भने उपप्रमुखमा एमालेको सावित्रादेवी अर्याल विजयी हुनुभएको छ ।

बुटवल उपमहानगरमा १९ वडा रहेकोमा कांगे्रसले १२ वटा वडामा जित हासिल गरेको छ । बुटवल उपमहानगरमा कांग्रेसका तर्फबाट वडा नं ३ मा विष्णु ढकाल, ४ मा नरिश्वर शर्मा, वडा नं ५ मा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पङ्गेनी, ९ मा प्रदीपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै एमालेका तर्फबाट वडा नं १० मा बलबहादुर पुन मगर, ११ मा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पङ्गेनी र १९ मा चन्द्रसिंह थापा निर्वाचित हुनुभएको छ । उपमहानगरका वडा नं १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत र वडा नं २ बाट नेकपा (एकीकृत समाजवादी)का सुनिल शाक्य निर्वाचित हुनुभएको छ ।

यस्तै जिल्लाका पुरानो नगर बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर नगरको अन्तिम मतगणना परिणाम सम्पन्न भएको छ । यो नगरमा कांग्रेसका उम्मेदवार ईश्तियाक अहमद खान विजयी हुनुभएको छ भने उपप्रमुखमा एमालेका उमा अधिकारी विजयी हुनुभएको छ । यस्तै नगरका १३ वडामध्ये कांग्रेसले ५ वटा, एमालेले ४ वटा, राप्रपाले ३ वटा र जनता समाजवादी पार्टीले १ वडा जितेका छन् ।

यस्तै बुद्धमावलीको रुपमा रहेको देवदह नगरमा नेकपा एमालेले विजयी हासिल गरेको छ । यो नगरमा एमालेका तर्फबाट प्रमुखको उम्मेदवार ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ विजयी हुनुभएको छ । यो नगरमा नेपाली कांग्रेसले ६ वटा, एमालेले ५ वटा र राप्रपाले एउटा वडामा जित हासिल गरेका छन् । यता सैनामैना नगरमा गठबन्धनका तर्फबाट कांग्रेसका फणिन्द्रप्रसाद शर्मा विजयी हुनुभएको छ भने उपप्रमुखमा एमालेका बिना राना विजयी हुनुभएको छ । यस नगरमा रहेका ११ वडामध्ये एमालेले ७ वटा, कांग्रेसले ३ वटा र माओवादीले एक वडामा विजयी हासिल गरेका छन् ।

त्यस्तै बुद्ध जन्मस्थल रहेको लुम्बिनी सांस्कृतिक नगरमा कांग्रेस विजयी भएको छ । उक्त नगरप्रमुखमा कांगे्रसका सजरुद्दिन मुसलमान र उपप्रमुखमा एमालेका कल्पना हरिजन विजयी हुनुभएको छ । लुम्बिनीमा १३ मध्ये नेकपा एमालेले ५, नेपाली कांग्रेसले ३, जनता समाजवादी पार्टीले ३, जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले १÷१ वडामा जित हासिल गरेका छन् ।

गाउँपालिका पनि कांगे्रस अगाडि, एमाले दोस्रो
जिल्लाको शुद्धोधन गाउँपालिका, कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ उपप्रमुखमा एमालेका शान्तादेवी ज्ञवाली विजयी हुनुभएको छ । सात वटा वडा रहेको यो पालिकामा ५ वटा कांग्रेस र एक÷एक वडामा एमाले र जसपा विजयी भएका छन् ।

यस्तै कञ्चन गाउँपालिकामा कांग्रेसका नवराज ढकाल अध्यक्ष र उपाध्यक्षमा मौसमी थापा विजयी हुनुभएको छ । यो पालिकामा रहेका पाँचवटा वडामध्ये ३ वटामा नेपाली कांगे्रस र २ वटामा एमाले विजयी भएका छन् ।

मायादेवी गाउँपालिका कांग्रेसका धु्र्रवनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका नर्मदादेवी उपाध्यक्ष विजयी हुनुभएको छ । यो पालिकाका ८ वटा वडामध्ये कांग्रेस ३÷३ र लोकतान्त्रिक समाजवादी पार्टीले दुई वटा वडामा विजयी हासिल गरेको छ ।

यस्तै ओमसतिया गाउँपालिकामा एमालेका मञ्जितकुमार यादव अध्यक्षमा विजयी हुनुभएको छ भने कांग्रेसका सुनिता चौधरी उपाध्यक्षमा विजयी हुनुभएको छ । यस पालिकामा रहेका ६ वटा वडामध्ये कांगे्रेस ४ वटा वडामा राप्रपा र माओवादीले एक÷एक वडामा जित हासिल गरेका छन् ।

जिल्लाको रोहणी गाउँपालिकामा जनता समाजवादी पार्टीका विद्याप्रसाद यादव अध्यक्षमा विजयी हुनुभएको छ भने उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवकान्ती चमार विजयी हुनुभएको छ । यो पालिकाको ७ वडामध्ये राप्रपाले ४ वटा वडामा, कांग्रेसले २ र जसपाले एक वडामा जित हासिल गरेका छन् ।

यस्तै सियारी गाउँपालिकाको अध्यक्षमा कांगे्रसका थानेश्वर घिमिरे र उपाध्यक्षमा पनि सोही पार्टीकै तारा थारु विजयी हुनुभएको छ । यस पालिकाको सात वडामध्ये कांग्रेस ४ वटा, एमाले २ र राप्रपा एक वडामा विजयी भएको छ ।

जिल्लाको दक्षिणी मर्चवार क्षेत्रस्थित मर्चवारी गाउँपालिकामा जनता प्रगतिशील पार्टीका गयाप्रसाद बरइ र उपाध्यक्षमा आशा सिंह निर्वाचित हुनुभएको छ । यो पालिकाको सात वडामध्ये ३ वटामा जसपा, २ वटामा जनता प्रगतिशील र एक÷एक वडामा कांग्रेस र जनमत पार्टी विजयी भएका छन् ।

गैडहवा गाउँपालिकामा एमालेका सुरेन्द्र पौडेल अध्यक्ष र माधुरी जैसवाल उपाध्यक्षमा विजयी हुनुभएको छ । यस पालिकाका ९ वटा वडामध्ये तीन वटामा एमाले, तीनवटामा कांग्रेस, एउटा वडामा स्वतन्त्र र अन्य २ वडामा जनमत पार्टी विजयी भएका छन् ।

यस्तै सम्मरीमाई गाउँपालिकामा अध्यक्षमा कांग्रेसका विनोदकुमार श्रीवास्तव र उपाध्यक्षमा कुमारी प्रियङ्का शाही सिंह बिजयी हुनुभएको छ । सात वडा रहेको यस पालिकामा ३ नेपाली कांग्रेस, २ नेकपा माओवादी र २ लोसपा विजयी भएका छन् ।

यस्तै जिल्लाको कोटहीमाइ गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । उक्त गाउँपालिकामा अध्यक्षमा बालकृष्ण तिवारी विजयी र उपाध्यक्षमा सुशीला कुमारी यादव विजयी हुनुभएको छ । कोटहीमाइ गाउँपालिकामा ७ वडामध्ये लोसपाले ३, जनता समाजवादी पार्टीले २ र कांगे्रस र नेपाल जनता पार्टीले १÷१ वडा जितेका छन् ।

जिल्लामा रहेका १६ स्थानीय पालिकामध्ये तिलोत्तमा नगरपालिकाको मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तिलोत्तमा नगरमा मतगणनामा विवाद भएपछि पुनःगणना गर्ने विषयमा विवाद हँुदा तीन दिन स्थगित भएकाले ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोगबाट पुनःगणनाको निर्णय आएपछि मात्र स्थगित गणना सुरुगर्दा ढिलाई भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *