Main News

ठूला सत्ताधारी दललाई पन्छाएका हर्क साम्पाङले पुरा गर्लान् धरानेको सपना ? (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १० गते १६:१०
ठूला सत्ताधारी दललाई पन्छाएका हर्क साम्पाङले पुरा गर्लान् धरानेको सपना ? (भिडियो रिपोर्टसहित)

१० जेठ २०७९ सुनसरी । धराने जनताले यो पटक ठूला पार्टीको विकल्पको रुपमा स्वतन्त्रलाई रुचाएका छन् । सोही कारण दशकौँदेखि धरानको सत्ताधारीलाई धराने जनताले यो पटक विश्राम दिएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई अर्थात् हर्क साम्पाङ विजयी हुनु भएको छ ।

साढे ३ दशकदेखि धरानको सत्ता सम्हाल्दै आएको नेकपा एमालेले आफ्नो माग सम्बोधन नगरेको भन्दै २०७६ को उपनिर्वाचनमा कांग्रेसलाई विकल्पको रुपमा रोजेका धराने जनताले अहिले दलका उम्मेदवारलाई थाती राखेर स्वतन्त्रलाई मन अनि मत दुवै दिएका छन् । यसले धराने जनता पार्टी भन्दा माथि उठेर समस्या निराकरणका पात्र छनौटमा लागे छन् भन्ने पुष्टि गरेको छ ।

जो–जो धराने जनताको प्रतिक्रिया लिए पनि उनिहरुको पहिलो बांक्यासमा ऐक्यावद्वता पाइन्छ, त्यो हो, हामीलाई राजनीतिक दलदेखि वितृष्णा छ । समय सापेक्ष भेष परिर्वतन गर्ने धराने जनताले समस्या समाधान गर्न नेतृत्व गर्ने पात्र पनि परिवर्तन गरे ।

जनताको समस्यालाई पहिलो नम्बरमा राखेर दशकौँदेखि आवाज उठाउँदै आएका हर्क साम्पाङ अहिले धरानवासीको उचित विकल्प बन्नुभयो। मेयर साम्पाङ पनि धराने जनताको मन र मतको न्याय गर्ने बताउनुहुन्छ ।

धरानमा नै स्वतन्त्र रुपमा उम्मेदवारी दिएर पहिलो मेयर बन्ने सपना पुरा गरेका साम्पाङ कार्यसम्पादनमा कति सफल हुनुहुन्छ त्यो भने हेर्न बाँकी छ । साम्पाङ बाहेक दलगत रुपमा २० वडामा आएका जनप्रतिनिधिले उहाँलाई कसरी साथ दिन्छन् भन्ने कुरा पनि त्यति नै महत्वपूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *