Main News

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार सुडी र उपप्रमुखमा कांग्रेसका साह विजयी

२०७९ जेठ ९ गते २०:५९
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार सुडी र उपप्रमुखमा कांग्रेसका साह विजयी

९ जेठ २०७९ जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडी र उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साह विजयी हुनुभएको छ ।

अहिले केही बेरअघि सार्वजनिक अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार साह झन्डै चार हजारको मतान्तरले निर्वाचित हुनुभएको हो । नगरप्रमुखमा निर्वाचित साहले १३ हजार ४६५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशंकर साह (हिरा) ले नौ हजार ५३२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

यस्तै लोसपाका मनोज चौधरीले पाँच हजार ३६० मत ल्याउँदा निवर्तमान नगरप्रमुख तथा पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले पाँच हजार १९४ मत ल्याउनुभयो ।

यसैगरी उपप्रमुखमा कांग्रेसका किशोरी साह १५ हजार ५२५ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुना झाले १० हजार ८८५ मत ल्याउनुभयो ।

यस्तै निवर्तमान उपप्रमुख रिताकुमारी मिश्रले पाँच हजार ८१७ मत मत ल्याउनुभयो । योसँगै धनुषाको १८ वटै पालिकाको मतगणना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *