समाज
धादिङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
२०७९ जेठ ९ गते १७:१८

९ जेठ २०७९ धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखु बजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार सिद्धलेक गाउँपालिका वडा नम्बर ४ स्थित चापटारीका ३० वर्षीय युवराज थापा मगरको काठमाण्डौंको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानाएको छ ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा ८० प ७११४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३००१ ख १५८५ नम्बरको ट्रक र ना ६ ख ५६६ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुबै ट्रकका चालकहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया