Main News
ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
२०७९ जेठ ८ गते २१:०९
८ जेठ २०७९ काठमाडौं । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ ।
प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ ।
पछिल्लो विवरणअनुसार, नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाउनुभएको छ ।
उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाउनुभएको छ ।
प्रतिक्रिया