Main News

हावाहुरी र चट्याङ : पाँच जनाको मृत्यु, ११ जना घाइते

२०७९ जेठ ७ गते २१:३०
हावाहुरी र चट्याङ : पाँच जनाको मृत्यु, ११ जना घाइते

७ जेठ २०७९ काठमाडौं । पछिल्लो २४ घण्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एक/एक जनाको मृत्यु भएको हो ।

यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्यूठानमा एकजना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ । भौतिक क्षतिको भने विवरण आइसकेको छैन । कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *