Main News

हेटौडा उपमहानगरपालिका प्रमुखमा समाजवादी, उपप्रमुखमा कांग्रेस विजयी

२०७९ जेठ ७ गते ७:२५
हेटौडा उपमहानगरपालिका प्रमुखमा समाजवादी, उपप्रमुखमा कांग्रेस विजयी

७ जेठ २०७९ मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गर्नुभएको छ ।

नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्नु भई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *