राजनीति

बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

२०७९ जेठ ६ गते १०:३७
बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

६ जेठ २०७९ कलैया । बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगरप्रमुखमा रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित हुनुभएको हो । चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराउनुभएको हो । चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याउनुभयो ।

यस्तै उपप्रमुखमा एमालेकी सुनैना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले जित हासिल गर्र्नुभएको छ । लक्ष्मीले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ मा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र एमालेकै थरुनी निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्