राजनीति

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

२०७९ जेठ ६ गते ९:०८
गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

६ जेठ २०७९ गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी हुनुभएको हो । लामाले एक हजार ६२४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गर्नुभयो । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गर्नुभयोे । विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित हुनुभएको थियो ।

गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्