Main News

भरतपुरमा रेनु दाहालको अग्रता कायमै, कसले पाए कति मत ?

२०७९ जेठ ६ गते ८:२१
भरतपुरमा रेनु दाहालको अग्रता कायमै, कसले पाए कति मत ?

६ जेठ २०७९ चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राख्नुभएको छ ।

उहाँले तीन हजार ३१० मतान्तरले अग्रता लिनुभएको छ ।

महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो । दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गर्नु भएको छ ।

भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा नेकपा (एकीकृत समाजवादी) तथा वडा नं ३ मा एमाले विजयी भएको छ । वडा नं ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *