राजनीति

मायादेवी गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

२०७९ जेठ ५ गते २०:२७
मायादेवी गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

५ जेठ २०७९ रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी हुनुभएको छ ।

चौधरीले पाँच हजार ३८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे अहिरले चार हजार ९८८ मत प्राप्त गर्नुभयो । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय चार हजार ९४२ मत प्राप्त गरी विजयी हुनुभयो । सो पदमा कांग्रेसका उम्मेदवार तारादेवी यादवले चार हजार ८८९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्