Main News

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

२०७९ जेठ ५ गते २०:२२
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

५ जेठ २०७९ वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ ।

नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ ।

महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ ।

पर्सामा कूल १४ पालिका छन् । तीमध्ये केही पालिकाको मतपरिणाम निम्न छन् ः

बहुदर माई नगरपालिका
बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंगासन साह तेली निर्वाचित हुनुभएको छ । तेलीले छ हजार चार मत पाउनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवप्रसाद पटेलले पाँच हजार ६५८ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुख पदमा एमालेकी उम्मेदवार सुस्माकुमारी कुशवाहा निर्वाचित हुनुभयो । छ हजार ४४० मतका साथ कुशवाह उपाध्यक्षमा पदमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सोनामती देवी यादवले पाँच हजार ५२५ मत प्राप्त गर्नुभयो ।

पोखरिया नगरपालिका
यस नगरपालिकाको नगर प्रमुख पदमा एमालेका उम्मेदवार प्रद्युम्न चौहान विजयी हुनुभएको छ । चौहानले पाँच हजार ३२४ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारले तीन हजार १२१ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार रुवीकुमारी ठाकुर पाँच हजार १९५ मतका साथ विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रेहना खातुनले तीन हजार ९२९ मत प्राप्त गर्नुभयो ।

विन्दवासिनी गाउँपालिका
विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रमोद तिवारी विजयी बन्नुभएको छ ।

तिवारीले चार हजार १४१ मत ल्याएर विजयी प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विवेक चौरसिया तीन हजार ४६८ मत हासिल गर्नुभयो ।

त्यस्तै उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार ज्योतिदेवी चौरसिया विजयी हुनुभएको छ । चौरसियाले दुई हजार ३६६ मत ल्याएर विजयी बन्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिता चौरसियाले दुई हजार २८७ मत प्राप्त गर्नुभयो ।

पकहामैनपुर गाउँपालिका
यस गाउँपालिकाको अध्यक्ष पदमा कांगे्रसका उम्मेदवार सुरेशप्रसाद मेहता निर्वाचित हुनुभएको छ । मेहताले चार हजार ६८५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाका उम्मेदवार विजयकुमार चौरसियाले दुई हजार ५२९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरफुन नेशा चार हजार १४१ मतसहित निर्वाचित हुनुभएको छ । निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले एक हजार ८७२ मत प्राप्त गर्नुभयो ।

जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले चार हजार ५६० मत गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार रामप्रीत महतोले तीन हजार २९९ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार रेखा चौधरी विजयी बन्नुभएको छ । चौधरीले चार हजार ७१० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार उषा देवी थरुनीले दुई हजार ९६५ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *