Main News

५६५ स्थानीय तहको निर्वाचन परिणाम आउँदा कांग्रेस पहिलो दल

हिमालय टिभी
२०७९ जेठ ५ गते १३:५९
५६५ स्थानीय तहको निर्वाचन परिणाम आउँदा कांग्रेस पहिलो दल

जेठ २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनको परिणामले नेपाली कांग्रेसलाई पहिलो दल बनाएको छ ।

सार्वजनिक ५६५ पालिकाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस २४८ पालिकामा जित र ६५ पालिकामा अग्रतासहित पहिलो स्थानमा छ । कांग्रेसले जितेका पालिकाको संख्या दोस्रो स्थानको एमालेको भन्दा ९१ सिटले बढी छ ।

एमालेले १५७ पालिका र अग्रता लिइरहेको ४५ पालिका नै जिते पनि कांग्रेसकोभन्दा कम हुनेछ । यसअर्थमा पालिका चुनावले नेपाली कांग्रेसलाई पहिलो शक्ति बनाएको छ ।

पछिल्लो परिणाम अनुसार नेकपा माओवादी केन्द्र तेस्रो शक्ति बन्ने देखिएको छ । माओवादी केन्द्र १०२ पालिकामा जित र १५ मा अग्रतासहित तेस्रो स्थानमा छ ।

यस्तै जसपा, एकीकृत समाजवादी, लोजसपा, राप्रपा र स्वतन्त्रसहितका अन्यले ५८ पालिका प्रमुखमा जित हात पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *