Main News

गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

हिमालय टिभी
२०७९ जेठ ४ गते २०:४४
गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

४ जेठ २०७९ काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी हुनुभएको छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी हुनुभएको हो । नगरप्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी हुनुभएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत पाउनुभएको उहाँले सुनाउनुभयो ।

उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभएको छ । उहाँले आठ हजार ८०४ मत पाउनुभयो । लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत पाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *