Main News

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

२०७९ जेठ ४ गते २०:२९
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

४ जेठ २०७९ वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १३ हजार ७२४ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी छ हजार ९२७ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ ।

महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार वीरगञ्ज महानगरपालिका–५, ३१ र ३२ मतगणना सकिएको छ भने वडा नं १, २, ३, ४, ६, २७, २८, २९, ३० को मतगणना जारी छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइएको छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा ( माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *