Main News

भरतपुरमा रेनु दाहालको अन्तर फराकिलो बन्दै

२०७९ जेठ ४ गते २०:२०
भरतपुरमा रेनु दाहालको अन्तर फराकिलो बन्दै

४ जेठ २०७९ चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लानुभएको छ ।

भरतपुर महानगरपालिका–७ र ८ को मत गणनाका क्रममा दाहालले दुई हजार मतले अग्रता लिनुभएको हो ।

दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले नौ हजार ९० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ र राप्रपाका हिमला गुरुङले सात हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।

गणना भइरहेका वडाहरुमा वडाध्यक्षमा समेत गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । वडा नं ७ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्ले ९७४ र नेकपा एमालेका सनतकुमार लामिछानेले ८६२ मत प्राप्त गर्नुभएको छ । यस्तै वडा नं ८ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीवनाथ कँडेलले १९४ मत र नेकपा एमालेका तिलकबहादुर दर्लामी मगरले १५७ मत प्राप्त गर्नुभएको छ ।

यसअघि महानगरको वडा नं १, २, ४, ५ र ६ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *