Main News

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंले अग्रता कायमै

२०७९ जेठ ३ गते २१:१५
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंले अग्रता कायमै

३ जेठ २०७९ वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार ६५९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ ।

जसअनुसार सिंह आठ हजार ४७५ मतसहित अग्रता कायम गर्नुभएको हो भने नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले तीन हजार ८१६ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ । महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार वीरगञ्ज महानगरपालिका–१, ३१ र ३२ मतगणना सकिएको छ भने वडा नं २, ३, ४, ५, २९ र ३० को मतगणना जारी छ ।

मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो । यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलहरुबीच खासै तालमेल भएको छैन ।

पर्सामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकाहरुमा पनि मतगणना जारी छ ।

जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ । पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनका लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पर्सामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता थिए ।

दुई वडामा जसपा र एकमा एमाले विजयी
मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको दुई वडामा जनता समाजवादी पार्टी (जसपा) र एउटा वडामा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् । वीरगञ्ज–१ मा जसपाका उम्मेदवार मनोज राउत कुर्मी, वडा नं ३२ मा जसपाकै रेयाज अहमद मिया र वडा नं ३१ मा एमालेका जितेन्द्र यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *