Main News

एमालेको अवरोधका बीच राष्ट्रियसभा सञ्चालन

२०७९ जेठ ३ गते १७:३९
एमालेको अवरोधका बीच राष्ट्रियसभा सञ्चालन

३ जेठ २०७९ काठमाडौं । नेकपा (एमाले)को विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरिएको छ ।

बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदहरुले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिनुभएको थियो ।

सांसद दाहालले अघिल्लो अधिवेशन देखिनै आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै यस अधिवेशनमा पनि आफूहरुको विरोध जारी नै रहेको सदनमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारले सदन सञ्चालनमा रुची नदेखाएको आरोप लगाउँदै विगतमा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीको सूचना प्रकाशित गर्नुपर्ने माग कायमै हुँदा सदनको अवरोध जारी नै रहेको जानकारी गराउनुभएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पटकपटकको आग्रहपछि पनि एमालेका सांसदहरुले उभिएर विरोध नै जनाइरहेपछि उहाँले कार्यसूचीलाई अघि बढाउनुभएको थियो ।

राष्ट्रियसभाको आजको बैठकको लोकतन्त्र र गणतन्त्र प्राप्तिका निम्ति ज्यान उत्सर्ग गर्ने ज्ञान अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *