Main News
काठमाडौंमा कांग्रेस र एमालेको जोड्दा पनि बालेन साहलाई भेटाउन सकेनन्
२०७९ जेठ ३ गते ७:३७

३ जेठ २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसको दुवै उम्मेदवारको भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार बालेन्द्र साहले ९ हजार ४ सय ६० मत प्राप्त गर्नु भएको छ । सुरुआतदेखि नै अग्रता लिनुभएका साहले मतान्तर अझ बढाउँदै लैजानुभएको छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ५१६९ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ४३२० मत ल्याउनुभएको छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३०० मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया