Main News
भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता
२०७९ जेठ २ गते २०:३७

२ जेठ २०७९ चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ ।
पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिनुभएको हो ।
नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाउनुभएको छ ।
प्रतिक्रिया