Main News

सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी

२०७९ जेठ २ गते २०:११
सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी

२ जेठ २०७९ किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मकालु गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा तीन हजार १७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का भरत कटुवालले दुई हजार ४७८ मत प्राप्त गर्नुभएको छ । कटुवाललाई ५६९ मतले पछि पार्दै शेर्पा विजयी हुनुभएको हो ।

उपाध्यक्षमा गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का मनकला राईले दुई हजार ७३९ मत ल्याएर विजयी हुनुभएको छ । राईले ७०६ मत अन्तरले पछि पार्दे विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकी चमेली याम्फुले दुई हजार ३३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *