Main News

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

२०७९ जेठ २ गते १५:४०
शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

२ जेठ २०७९ काठमाडौं । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गर्नुभएको छ ।

श्रेष्ठले दुई हजार ३१७ मत पाउनुभएको नगर निर्वाचन कार्यालय जनाएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाउनुभएको छ ।

नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उहाँले तीन हजार ४९४ मत पाउनुभएको छ । उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाउनुभएको छ । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याउनुभएको छ । नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो ।

वडा नं. २ र ८ मा कांग्रेस विजयी
नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत गत शुक्रबार भएको मतदानको मतगणनाबाट कांग्रेसका रणबहादुर थिङ वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यसैगरी खुला सदस्यद्वयमा राकेश गुरुङ र वासुदेव लामिछाने निर्वाचित हुनुभएको छ । महिला सदस्यमा मीनाकुमारी घिसिङ निर्वाचित हुनुभएको छ ।

यसैगरी वडा नं. ८ मा पनि कांग्रेसका पोते थिङ वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा महिलामा तारा रानाभाट, खुलामा समाजवादीसँगको गठबन्धनका मनोज तामाङ र सुदन केसी निर्वाचित हुनुभएको जनाइएको छ । नगरपालिकाको वडा नं १ एमाले, वडा नं ३ मा माओवादी र वडा नं. ९ मा कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् । अहिलेसम्म नगरपालिकाको पाँच वटा वडाको मतगणना भइसकेको छ । नौ वटा वडा रहेको नगरपालिकामा अहिले वडा नं. ४ र ७ को मतगणना भइरहेको छ । यो सकेपछि वडा नं. ५ र ६ को मत गन्न बाँकी रहने नगर निर्वाचन कार्यालयले जनाएको छ ।

कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा १७ हजार १०० मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *