Main News
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह दोब्बर बढी मतले अगाडि
२०७९ जेठ २ गते ८:०५

२ जेठ २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतले अग्रता कायम गर्नु भएको छ।
पछिल्लोपटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४४६ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २९५२ मत पाउनुभएको छ ।
नेपाली कांग्रेसका सिर्जना सिंहले २५७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राप्रपाका मदनदास श्रेष्ठले२९८ मत प्राप्त गर्नु भएको छ।
प्रतिक्रिया