Main News

राजधानीको उत्तरपूर्वी भेगमा शान्तिपूर्ण मतदान, मतपेटिका सङ्कलन हुँदै

२०७९ वैशाख ३० गते २०:५८
राजधानीको उत्तरपूर्वी भेगमा शान्तिपूर्ण मतदान, मतपेटिका सङ्कलन हुँदै

३० वैशाख २०७९ काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका नगरपालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

यस क्षेत्रका गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई अहिले मतपेटिका सङ्कलनको काम भइरहेको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो ।

वडा नं १ मा दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ मा तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको छ ।

अहिले मतपेटिका सङ्कलन भइरहेको छ । मतपेटिका सङ्कलन सकिने बित्तिकै सर्वदलीय बैठक गरी मतगणना सुरु हुने पनि उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *