Main News

१११ वर्षीय वृद्धाद्वारा मतदान

२०७९ वैशाख ३० गते १९:०४
१११ वर्षीय वृद्धाद्वारा मतदान

३० वैशाख २०७९ मंगलबारे । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ ।

उत्तिकै उत्साहका साथ यस पटक उहाँले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताउनुभयो ।

उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक हजार ४४२ महिला र एक हजार ५९७ पुरुष मतदाता रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *