आयोगको लापरबाहीका कारण प्रदेशसभा सदस्य रेग्मी मताधिकार प्रयोग गर्नबाट बञ्चित

३० वैशाख २०७९ विराटनगर । निर्वाचन आयोगको लापरबाहीका कारण प्रदेश –१ की प्रदेश सभा सदस्य सावित्रा रेग्मी मतअधिकार प्रयोग गर्नबाट बञ्चित भएकी छन् ।
एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य र हाल एकीकृत समाजवादी पार्टीमा आबद्ध रेग्मीको साविकको विराटनगर महानगरपालिका–३ स्थित पुसेट कलेज निर्वाचन केन्द्रबाट नाम हटेपछि मतदान गर्न नपाउनु भएको हो ।
निर्वाचन आयोगकाको लापरबाहीले रेग्मीको मतदाता नामावली सूचीबाटै हटाएर अर्को नगरपालिका सुन्दर हरैचा नगरपालिका वडा नम्बर ९ मा समावेश गरेपछि आफुले मत हाल्न नपाएको प्रदेश सदस्य रेग्मीले बताउनुभयो ।
२०४५ सालबाट पछिका निर्वाचनमा नियमित रुपमा महानगरपालिका ३ स्थित पुसेट कलेज निर्वाचन केन्द्रमा मत खसाल्दै आएको सभासद रेग्मीले बताउनुभयो ।
निर्वाचन आयोगको लापाबाहीले मताधिकार प्रयोग गर्नबाट आफु बञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया