Main News
बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित
२०७९ वैशाख ३० गते १२:४९
३० वैशाख २०७९ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ७ को शारदा मावि, जगन्नाथको २ र बुढीगंगाको ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ ।
निर्वाचन स्थलबाहिर एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि सो मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका ८ र बुढीगंगाको ताँप्राको मतदान केन्द्रमा पनि स्थिति तनावपूर्ण बनेको छ ।
त्यसैगरी त्रिवेणी नगरपालिकाका केही वडामासमेत एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको छ
प्रतिक्रिया