Main News

गृहमन्त्री बालकृष्ण खांणले गरे मतदान

हिमालय टिभी
२०७९ वैशाख ३० गते ८:२०
गृहमन्त्री बालकृष्ण खांणले गरे मतदान

३० वैशाख २०७९ रुपन्देही । गृहमन्त्री बालकृष्ण खांणले गृह जिल्ला रुपन्देहीबाट मतदान गर्नु भएको छ।

गृहमन्त्री खांणले रुपन्देहीको तिलोत्तमा– ८ को ज्योति आधारभूत स्कूलमा मतदान गर्नु भएको हो । मतदान पछि उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले अघि बढेको बताउनुभयो ।

उहाँले कसैले पनि असुरक्षित महशुस नगरी मतदान गर्न आग्रह गर्नुभयो। यो निर्वाचनबाट चुनिने जनप्रतिनधिहरुले जनताको सेवक बनेर काम गर्नुपर्ने बताउँदै देश समृद्धिको दिशामा अघि बढेको बताउनुभयो । साथै उहाँले यो निर्वाैचनले जनताको शक्तिलाई सशक्तिकरण गर्ने बताउनुभयो ।

सोही मतदान स्थलबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खांणले मतदान गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *