Main News

गाउँपालिका अध्यक्ष पदका एमालेका उम्मेदवारलाई सुरक्षाका लागि नियन्त्रणमा

२०७९ वैशाख २९ गते ६:५८
गाउँपालिका अध्यक्ष पदका एमालेका उम्मेदवारलाई सुरक्षाका लागि नियन्त्रणमा

२९ वैशाख २०७९ मंगलबारे । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।

उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुग्नुभएका उहाँलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।

उहाँसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले लागि नियन्त्रणमा लिएकोे हो ।

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताउनुभयो ।

मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उहाँलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *