Main News

जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम पेस गर्ने सरकारको तयारी

हिमालय टिभी
२०७९ वैशाख २८ गते १६:५३
जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम पेस गर्ने सरकारको तयारी

२८ वैशाख २०७९ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ ।

जेठ ७ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो ।

उहाँले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गर्नुभयो । जेठ ४ र ५ गते संसद‍मा प्रि–बजेटमा छलफल हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १२ वा १३ गते संसद्‍मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव पेस गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट पेस गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताउनु भयो ।

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *