Main News
कलंकीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
२०७९ वैशाख २८ गते ८:५६

२८ वैशाख २०७९ काठमाडौं । काठमाडौंको कलङ्की चोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका २ का ४५ वर्षका दिवाकर अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया