Main News
दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झपड
२०७९ वैशाख २८ गते ७:४६
२८ वैशाख २०७९ दार्चुला । दार्चुलामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
दुहु गाउँपालिका–५ मा भएको झडपमा एमालेका वडा अध्यक्षका उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । बडालको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।
गएराति प्रचारबाट फर्किने क्रममा दुई पक्षबीच झडप भएको हो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, वीरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् ।
उहाँले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।
प्रतिक्रिया