Main News
निर्वाचन विरोधी कार्य गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी
२०७९ वैशाख २७ गते ७:४३
२७ वैशाख २०७९ काठमाडौं । गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारबाहीको भागीदार हुने उल्लेख गरेको छ।
केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना हुने गरेको, आचारसंहिता प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ।
स्थानीय तह निर्वाचनका लागि देशभर करिब दुई लाख ६० हजार सुरक्षाकर्मी र करीब तीन लाखको हाराहारीमा कर्मचारी परिचालन गरिएको छ।
प्रतिक्रिया