भोलिदेखि मतदान नसकिएसम्म मदिरा विक्री र सेवन गर्न प्रतिबन्ध (भिडियो रिपोर्टसहित)
२६ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले भोलि राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ ।
निर्वाचन आयोगले आज गरेको नियमित पत्रकार सम्मेलनमा तोकिएको अवधि र ठाउँमा मादक पदार्थ विक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
निर्वाचन आयोगले २०७४ को निर्वाचनभन्दा अहिलेको चुनाव खर्चको हिसाबले सस्तो हुने दाबी गरेको छ ।
आयोगले चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिताविपरीत भूमिको निस्सा बाँडने काम गरेको भन्दै राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई स्पष्टिकरण सोधेको छ । आयोगका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले त्यसो गरेको भन्दै ३ दिनभित्र आयोगमा स्पष्टिकरण बुझाउन निर्देशन दिएको हो ।
आयोगले सरकारी गाडी लिएर कांग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया