Main News
एमाले अध्यक्ष ओलीले आज तीन वटा सभालाई सम्बोधन गर्ने
२०७९ वैशाख २६ गते ९:४९
२६ वैशाख २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।
अध्यक्ष ओलीले बिहान ११ बजे पोखरामा हुने सभालाई सम्बोधन गर्ने र दिउँसो ललितपुर र काठमाडौँको कीर्तिपुरमा आयोजना हुने चुनावी सभालाई सम्वोधन गर्ने उहाँको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष ओली आज साँझ झापा जाने कार्यक्रम रहेको पनि उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया