Main News

सत्ता गठबन्धनको चुनावी सभा आज कैलालीमा

हिमालय टिभी
२०७९ वैशाख २६ गते ९:४२
सत्ता गठबन्धनको चुनावी सभा आज कैलालीमा

२६ वैशाख २०७९ काठमाडौं । सत्ता गठबन्धनले आज कैलालीको धनगढीमा चुनावी सभा गर्ने भएको छ ।

चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने तय भएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरलगायत अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभामा सहभागी हुन देउवा र प्रचण्ड हिजै धनगढी पुगिसक्नुभएको छ । देउवा आजै गृहजिल्ला डडेल्धुरा पनि जानु हुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेसले आज पार्टी कार्यालय सानेपा ललितपुरमा बिहान ११ बजे स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *