Main News
आफैं मत हाल्न नसक्नेका लागि मतदान गर्न यस्तो व्यवस्था
२०७९ वैशाख २६ गते ७:२६
२६ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफैं मत हाल्न नसक्ने मतदाताले चाहेको संकेत चिह्नमा मत खसाल्ने व्यवस्था हुने जनाएको छ।
आयोगले त्यस्ता मतदाताका लागि एकघरको परिवारको सदस्यलाई मत हाल्ने अनुमति दिइने जनाएको हो।
दृष्टि विहीन वा शारीरिक अशक्त मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने आयोगले जनाएको छ।
दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
प्रतिक्रिया