Main News

अपरिचित व्यक्तिले दिएको नखानू

२०७९ वैशाख २६ गते ७:०९
अपरिचित व्यक्तिले दिएको नखानू

२६ वैशाख २०७९ काठमाडौं । अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो ।

प्रहरीले सार्वजनिक सूचना जारी गरी निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *