Main News

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

२०७९ वैशाख २५ गते १२:३९
भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

२५ वैशाख २०७९ भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *