आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना
२५ वैशाख २०७९ काठमाडौं । आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
स्थानीय वायु, पश्चिमी न्यूनचापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले आज दिउँसो देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार आज प्रदेश १ ,बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
भोलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बागमती र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी पर्सि दिउँसा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया