सत्ता गठबन्धनको चुनावी सभा आज पोखरामा, एमालेको बुटवलमा

२५ वैशाख २०७९ काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरा र दाङको तुलसीपुरमा चुनावी सभा गर्दैछ ।
निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे पोखरा र दिउँसो २ बजे तुलसीपुरमा सभा हुने कार्यक्रम छ । चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बधोन गर्ने तय भएको छ ।
पोखरामा हुने सभालाई कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार तथा दाङमा हुने सभालाई सहमहामन्त्री किशोरसिंह राठौरलगायतका कांग्रेस नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुटवल र चितवनको सभालाई सम्बोधन गर्नुहुने भएको छ ।
बुटवलमा मध्यान्ह् १२ बजे र चितवन भरतपुरमा दिउँसो ३ बजे अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया